काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एकै महिनामा १ करोड बढी दावी भुक्तानी दिएको छ ।
कम्पनीले चैत महिनामा मात्रै १ करोड २६ लाख ६३ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो । चैतमा कम्पनीले कुल २८ वटा बीमालेखहरु सो बराबरको रकम दावी भुक्तानी दिएको जनाएको छ ।
गत फागुनमा पनि कम्पनीले ३५ वटा बीमालेखमा १ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको थियो । दावी परेको छोटो समयमा नै आइएमई लाइफले भुक्तानी गर्ने गरेको हो । ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको जनाएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times