logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ भिड्ने

    एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ भिड्ने

    793
    SHARES
    एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ भिड्ने

    काठमाण्डौ । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ। आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ।

     

    नेपाल समूह ‘ए’ मा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन्। नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ।

    नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा नेपाल कतारसँग ३२ रनले विजयी भएको थियो। यस्तै हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ। हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो।

    समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन्। यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा यूएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ। सो समूहमा कुवेत तेस्रो स्थानमा छ। रासस


    अर्थ चौतारी
  • सोमबार, ३ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved