images

प्रभु महालक्ष्मी लाइफद्वारा ४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नं ९ मा स्थायी बसोबास गर्दै आएका राम कुमारी चौधरीका परिवारका सदस्य रीता देवी चौधरीलाई इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक पदम राना र शाखा प्रबन्धक संगीता न्यौपाने शाहले आईतबार संयुक्त रुपमा ४ लाख ८ हजारको दाबी भुक्तानी रकम बराबरको चेक घरमै गई प्रदान गरेका हुन् ।

images

बीमित राम कुमार चौधरीको गत चैत १२ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

images