logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • प्रभु केबलकारले आईपीओ जारी गर्ने, अघि बढाउँदै थप तीन परियोजना

    प्रभु केबलकारले आईपीओ जारी गर्ने, अघि बढाउँदै थप तीन परियोजना

    182
    SHARES
    प्रभु केबलकारले आईपीओ जारी गर्ने, अघि बढाउँदै थप तीन परियोजना

    काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजमले सार्वजनिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारीका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्न कम्पनीले शिलबन्दी बोलपत्र माग गरेको छ ।

    बैशाख ४ गते एक सूचना जारी गर्दै कम्पनीले योग्य कम्पनी तथा संस्थाहरुलाई ४५ कार्यदिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो । उक्त मूल्य बिक्री प्रबन्धकले नै प्रस्ताव गर्ने छ ।

    कम्पनी ऐन २०६३ द्धारा सार्वजनिक कम्पनीको रुपमा स्थापना भएको कम्पनीले केबलकार परियोजना र पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको छ । हाल कम्पनीले विभिन्न तीन वटा केबलकार परियोजनालाई अघि बढाएको छ । कम्पनीले रुपन्देहीमा सिद्धार्थ केबलकार, रामेछापमा खाँडादेवी केबलकार र सिन्धुलीमा सिद्धबाबा केबलकारको परियोजनामा काम गरिरहेको छ । जसमध्ये रुपन्देहीको सिद्धार्थ केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ भने बाँकी दुई परियोजनाको काम शुरुवाती चरणमा रहेको कम्पनीले जानकारी गराएको छ ।

    प्रभु ग्रुप र कम्पनीका सहायक कम्पनी प्रभु केबलकारको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । जसमा प्रभु होल्डिङ एण्ड हाइड्रो डभेलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, प्रभु जलविद्युत विकासको ९.८ प्रतिशत र प्रभु उर्जा कृषि प्राधिकरण विकासको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

    आईपीओ जारी पश्चात कम्पनीको कम्तिमा ७० प्रतिशत सेयर प्रभु सेयर र कम्पनीको हुने छ । साथै, यस कम्पनीले आफ्ना सेयरधनीहरुलाई संस्थागत सुशासन सुनिश्चित गर्न र आफ्ना लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिन निरन्तर काम गरिरहेको छ ।

    काठमाडौंको तिनकुनेमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीमा प्रभु ग्रुप र कम्पनीका प्रतिनिधिमात्र सञ्चालक छन् । अध्यक्षमा भोज कुमार खड्का, सञ्चालकमा इञ्जिनियर धुव्रकुमार पोखरेल, लक्ष्मी पौडेल, रमेशप्रसाद सापकोटा, आरती थापा र कम्पनी सचिवमा सुजेन्द्र कुमार ठकुरी रहेका छन् । इञ्जिनियर पोखरेल स्वतन्त्र सञ्चालक हुन् भने अन्य सञ्चालकहरु प्रभु ग्रुप र कम्पनीका प्रतिनिधिहरु हुन् ।


    अर्थ चौतारी
  • बुधबार, ५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved