logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • साविक महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ५५ पाउँदा कुन योजनामा कति ?

    साविक महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ५५ पाउँदा कुन योजनामा कति ?

    117
    SHARES
    साविक महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ५५ पाउँदा कुन योजनामा कति ?

    काठमाण्डौ । साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९।८० को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक आर्थिक वर्ष २०७९।७८ को लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमंकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणको २०८१ वैशाख २ गते स्वीकृत भएको हुँदा २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सारिक हुने गरी बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम रुपैयाँ ३२ देखि ५५ रुपैयाँसम्म घोषणा गरिएको हो।

    महालक्ष्मी सावधिक जीवन बीमालेख
    महालक्ष्मी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ। सावधिक जीवन बीमालेखमा ५ देखि १५ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्षसम्म अवधिका लागि ४६ रुपैयाँ र २६ देखि ३० वर्षसम्म अवधिका लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी ५ देखि १५ वर्षसम्म अवधिको ८ हजारवटा बीमालेख बिक्री भएको छ। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गन छन्।

    महालक्ष्मी सरल जीवन बीमा योजना
    महालक्ष्मी सरल जीवन बीमा योजनाको हकमा पनि कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षसम्म अवधिका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ। कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५०३ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ५२ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

     

    महालक्ष्मी जीवन हेरचाह बीमा योजना
    महालक्ष्मी जीवन हेरचाह बीमा योजनाको हकमा कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षसम्म अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको छ। यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १६ देखि २५ वर्षसम्म अवधि भएको बीमालेख बढी बिक्री गेको छ। उक्त बीमालेख ३ हजार ४२८ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले ५१ रुपैयाँ बोनस पाउनेछन्।

     

    महालक्ष्मी बाल बचत बीमा योजना
    महालक्ष्मी बाल बचत बीमा योजनाको हकमा कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिका लागि ३२ रुपैयाँ, १६ देखि २१ वर्षसम्म अवधिको बीमालेखमा ३५ रुपैयाँ र २२ देखि २५ वर्षसम्मको अवधिको बीमालेखमा ३९ रुैयाँ बोनसदर तोकेको छ। यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १६ देखि २१ वर्षसम्म अवधि भएको बीमालेख बढी बिक्री गेको छ। उक्त बीमालेख १ हजार ८३२ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले ३५ रुपैयाँ बोनस पाउनेछन्।

    महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजना
    कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिका लागि एउटै बोनसदर कायम गरेको छ। जसमा बीमितहरुले ३५ रुपैयाँ बोनस पाउनेछन्। त्यस्तै महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ३५ रुपैयाँ कायम गरेको बताएको छ।

    त्यसैगरी कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा पनि एउटै बोनसदर कायम गरेको छ। यस बीमा योजनाका बीमितले ४५ रुपैयाँ बोनस पाउनेछन्। महालक्ष्मी लाइफ प्रभु लाइफमा विलय भइसकेको छ। मर्जरपछि हाल प्रमु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट सेवा प्रवाह गर्दै आइरहेका छन्।


    अर्थ चौतारी
  • बुधबार, ५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट