logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशत घट्यो, एनपीएल ९.२४ प्रतिशत पुग्यो

    नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशत घट्यो, एनपीएल ९.२४ प्रतिशत पुग्यो

    208
    SHARES
    नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशत घट्यो, एनपीएल ९.२४ प्रतिशत पुग्यो

    काठमाण्डौ । नेपाल फाइनान्सको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा ८७.२५ प्रतिशत घटेर १३ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।



    चैत मसान्तसम्म फाइनान्सको खुद ब्याज आम्दानी १३.२८ प्रतिशत बढेर ७ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

     

    ९ महिनाको अवधिमा फाइनान्सको खुद फि तथा कमिशन आम्दानी ५७.८९ प्रतिशत बढेर ८९ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १८.५० प्रतिशत बढेर १० करोड १३ लाख रुपैयाँ, सञ्चालन मुनाफा ८२.२३ प्रतिशत घटेर १८ लाख ८३ हजार रुपैयाँ रहेको छ । फाइनान्सको वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ ऋणात्मक छ ।

     

    समीक्षा अवधिमा फाइनान्सको चुक्ता पुँजी ०.२७ प्रतिशत बढेर ७२ करोड ९४ लाख रुपैयाँ, जगेडा कोष ४.२१ प्रतिशत घटेर २५ करोड ४० लाख रुपैयाँ, निक्षेप संकलन २४.२९ प्रतिशत बढेर २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ र कर्जा लगानी ३३.२५ प्रतिशत बढेर १ अर्ब ७३ करोड ६७ हजार रुपैयाँ गरेको छ

     

    नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ घटेर २४ पैसामा सीमित भएको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४.८३ रुपैयाँ रहेको छ । फाइनान्सको खराब कर्जा (एनपीएल) ४.३७ प्रतिशत बढेर ९.२४ प्रतिशत पुगेको छ । यस अवमिा फाइनान्सको आधार दर १२.३५ प्रतिशतमा झरेको छ ।


    अर्थ चौतारी
  • बुधबार, ५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved