logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • काठमाण्डौको भृकुटीमण्डपमा सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल सुरु

    काठमाण्डौको भृकुटीमण्डपमा सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल सुरु

    169
    SHARES
    काठमाण्डौको भृकुटीमण्डपमा सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल सुरु

    काठमाण्डौ । भृकुटीमण्डपमा हिजो (मंगलबार)देखि सुरू भएको ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल’मा अवलोकनकर्ताहरूको उत्साहजनक उपस्थिती देखिएको छ । सरल सेलरस क्रेडिट एडभाइजरी प्रालिको आयोजनामा सुरू भएको मेला वैशाख ८ गतेसम्म चल्ने छ ।

     

    मेलामा सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको प्रदर्शनी रहेको मेलाका संयोजक चक्र खड्काले बताए । खड्का अनुसार कार्यक्रमलाई सफल रूपमा आयोजना गर्न विभिन्न अटोमोबाइल ब्राण्डहरू साथै रिकण्डीशन व्यवसायीहरू लगायतका संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेको जानकारी दिए ।

     

    प्रदर्शनीमा ठूला तथा साना गरी ३२ वटा स्टल र ब्लकहरू रहेको संयोजक खड्काले जानकारी दिए । प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेको छ ।

    सेकेन्ड ह्यान्ड सवारी मेला भने पनि उक्त मेलामा विभिन्न कम्पनीले नयाँ सवारी साधन समेत राखेका छन् । जसले गर्दा मेलामा अवलाेकनकर्ताकाे उपस्थिती उत्साहजनक भएकाे छ । चार दिनसम्म चल्ने उक्त मेलालाई ५० हजार जनाले अवलोकन गर्ने विश्वास आयोजकको छ ।


    अर्थ चौतारी
  • बुधबार, ५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट