logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त

    182
    SHARES
    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त

    काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।



    प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोडारीले आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । सुरुमा नेकपा एमालेले सोडारीको विकल्पमा अर्को उम्मेदवार दिन भनेको थियो । तर अन्तिम समयमा एमालेले पनि समर्थन गरेपछि सोडारीको दाबी परेको हो ।

     

    एमालेले समर्थन नगरेको अवस्थामा काँग्रेसको समर्थनमा दाबी पेश गर्ने तयारी नेकपा एकीकृत समाजवादी पार्टीको थियो । प्रदेश प्रमुखले नागरिक उन्मुक्ति पार्टीकै दुईवटा दाबेदारीले मुख्यमन्त्री नियुक्तिमा निष्कर्षमा पुग्न नसकेको बताउँदै वैशाख ४ गते दोस्रो पटक मुख्यमन्त्रीको दाबीका लागि आव्हान गरेका थिए ।

     

    सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका हुन् । सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्न २७ प्रदेश सभा सदस्यको आवश्यकता पर्छ ।

    यसैबीच, नागरिक उन्मुक्ति पार्टीका पाँच जना सांसदले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीले गरेको दाबीमा समर्थन नरहेको बताएका छन् । नाउपाका एक पक्षले भने सोडारीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई बिहीबार नै पत्र बुझाएका छन्। पत्र बुझाउनका लागि नाउपाका सांसदहरू प्रदेश प्रमुख कार्यालमै पुगेका थिए।


    अर्थ चौतारी
  • बिहिबार, ६ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved