logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • चिनियाँ स्काइवेल एसयूभी इटी५ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

    चिनियाँ स्काइवेल एसयूभी इटी५ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

    234
    SHARES
    चिनियाँ स्काइवेल एसयूभी इटी५ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

    काठमाण्डौ । विगत ७ वर्षदेखि नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रा. लि. ले आधिकारिक बितरकको रुपमा चाइनाको विश्वप्रख्यात ब्रान्ड स्काइवेल प्रिमियम लक्जरी ईभी यसयूभी नेपालमा सार्वजनिक गरेको छ।



    ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी यसयूभी आज एक समारोहमाझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको उद्‍घाटन गरेको हो। साथै ९ थान गाडी पनि ग्राहक माझ डेलिभरी गरेको छ।

    उक्त समारोहमा नेपालस्थित चिनियाँ दूतवासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनिया प्रतीनिधी थोमस जु र जी मोटर्स प्रा. ली. अध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुदघाटन गरी गाडि सार्वजनिक गरिएको थियो।

    जि मोटर्सले नाडाबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री शुरुवात गरेको थियो।

    छोटो समयमा स्काईवेलको प्रेमियम एवम नेपालमै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको दाबी छ।

    गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ बर्षको नि:शुल्क बीमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए।

    विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो। स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल्, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।

     

     

    स्काईवेल इटि५ का प्रीमियम र विशेषताहरु:
    •    ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
    •    १५० किलोवाट मोटर क्यापासिटी
    •   सीएनएसीपी ५ स्टार सेफ्टी
    •    ६२० किमी रेन्ज फर्स्ट टाईम इन नेपाल
    •    अटो पार्किङ
    •    मेट्रीक्स लेजर हेडलाईट
    •    मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
    •    फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ
    •    लक्जरी २ लेभल फोल्डेबल रेयर सिट्स

    उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारी मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी५ भित्र्याएको हो। स्काइवेल ईटी५ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ ।
    स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।

     

     

    स्काइवेल ईटी५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।

    यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने छ।

    स्वाइवेल ईटी५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।

    स्काईवेल ईटी५ को नेपाली बजार मूल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, ७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved