logo

२०८१ माघ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ माघ २०८१
  • ग्लोबल आइएमई बैंकको नाफा तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ

    ग्लोबल आइएमई बैंकको नाफा तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ

    39
    SHARES
    ग्लोबल आइएमई बैंकको नाफा तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा घटेको हो ।

    बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले चार अर्ब ३५ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    विवरणअनुसार चैत मसान्तसम्म बैंकले १३ अर्ब दुई करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    बैंकले खराब कर्जा बढ्दा नाफामा त्यसको प्रत्यक्ष असर देखिएको छ । चैत मसान्तसम्म बैंकको खराब कर्जा ४.७४ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा ३.९६ प्रतिशत थियो ।

    बैंकले चैत मसान्तसम्म तीन खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ । चार खर्ब ५९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले चैत मसान्तसम्म चार अर्ब ७१ करोड ४३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।


    अर्थ चौतारी
  • शुक्रबार, ७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट