काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको सीईओको लागि आवेदन खुलेको छ। किरण कुमार श्रेष्ठको कार्याकाल गत महिना सकिएपछि अहिले बाणिज्य बैंकको सीईओ खाली छ।
आज एक सुूचना जारी गर्दै बैंकले २१ दिन भित्र आवेदन दिन भनेको छ। आवेदन दिन चाहनेको योग्यता समेत तोकिएको छ। व्यवस्थापन, बैंकिङ, कानुन, अर्थशास्त्र, लेखा, तथ्याङक शास्त्र विषयमा स्नातककोत्तर उपाधि हासिल गरेको हुन पर्ने छ।
शैक्षिक योग्यता स्नातक तह रहेको खण्डमा १० वर्षको कार्य अनुभव हुनपर्ने सूचनामा उल्लेख छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times