logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • ‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा

    ‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा

    234
    SHARES
    ‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा

    काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ले आफ्ना प्रयाेगकर्ताहरूकाे स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगकाे सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ।



    मात्र रु. 760 बाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले रु 5,30,000 सम्मको स्वास्थ्य, दुर्घटना, र जीवन बिमा साथै रु 1,50,000 बराबर को विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन्।

    18 वर्ष देखि ६० वर्ष सम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’ को सब्स्क्रिब्सन लिन सक्नेछन्। सब्स्क्रिब्सन लिएका प्रयोगकर्ताहरूले जीवन बिमा स्वरूप रु 2,50,000/- , गम्भिर बिमारीकाे उपचार खर्च स्वरूप रु 50,000/- र अस्पताल भर्ना, दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप रू.२,३०,०००/- सम्म दाबि गरि कूल 5,30,000 सम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन्।

    यस लगायत प्रयोगकर्ताहरूले ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत रु 1,50,000+ काे आँखा, कपाल, छाला, सम्बन्धित स्वास्थ्य सेवाहरू काे लाभ उठाउन सक्ने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।


    अर्थ चौतारी
  • शुक्रबार, ७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved