logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • वाणिज्य बैंकहरूकाे खराब कर्जा २६२ प्रतिशतसम्म बढ्यो

    वाणिज्य बैंकहरूकाे खराब कर्जा २६२ प्रतिशतसम्म बढ्यो

    156
    SHARES
    वाणिज्य बैंकहरूकाे खराब कर्जा २६२ प्रतिशतसम्म बढ्यो

    काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था विरूद्दका अराजक गतिविधि र अर्थतन्त्रमा परेको समस्याका कारण वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) ह्वात्तै बढेको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार एनपीएल २२ प्रतिशतले बढेको छ ।

     

    विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध अराजक गतिविधि र बैंकरमाथि दूव्र्यवहारदेखि कुटपिटसम्मका घटनाका कारण प्रणालीमा ठूलो असर परेको देखिन्छ । बैंकबाट लिएको ऋण मिनाह गर्नु पर्ने र सावाँ ब्याज नै नतिर्न उर्दी जारी गर्ने केही व्यक्तिका कारण बैंकको खराब कर्जा बढ्न पुगेको बैंकरहरू बताउँछन् । अराजक गतिविधि गरिरहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र मनिराम ज्ञवालीले बैंकबाट लिएको ऋण नै तिर्न नपर्ने भ्रमपूर्ण अभिव्यक्ति पछि लागेर धेरैले सावाँ ब्याज नै नतिरेको बैंकरहरूको गुनासो छ ।

     

    नकारात्मक प्रभावका रूपमा ऋणीहरूले समयमै कर्जा र ब्याज भुक्तानी नगर्दा खराब कर्जा औसत २१.९७ प्रतिशत अर्थात् ०.६६ प्रतिशत बिन्दु बढेर ३.६५ प्रतिशत बिनदु पुगेको छ । जबकी अघिल्लो वर्षको चैतमा बैंकहरूको खराब कर्जा औसत २.९९ प्रतिशत मात्रै थियो ।

     

    एक बैंकरका अनुसार मर्जर पछि कर्जाको व्यवस्थापन गर्न समय लागेका कारण खराब कर्जा बढेको हो । साथै, घरजग्गा बिक्री गरेर कर्जा तिर्न चाहेको भएपनि बिक्री हुन नसकेको उनले बताए । साथै, व्यवसाय नबढेका कारण पनि कर्जा तिर्न ऋणीहरूलाई समस्या परेको उनको भनाइ छ । ‘सेयरको मूल्य पनि कम छ, सेयर बिक्री गर्ने अवस्था पनि छैन, अहिले अर्थतन्त्रको अवस्था पनि कमजोर नै छ,’ उनले भने ।

     

    समीक्षा अवधिमा ५ वटा वाणिज्य बैंकको खराब कर्जा घटेको छ भने अन्य १४ बैंकको बढेको छ । सिद्धार्थ बैंकले सबैभन्दा धेरै खराब कर्जा घटाएको छ । यस बैंकले गत वर्षको तुलनामा ३६.२ प्रतिशत घटाएर २.५२ प्रतिशत बिन्दुमा कायम राखेको हो ।

     

    यस्तै, कृषि विकास बैंकले २१.४३ प्रतिशत घटाएर ३.३० प्रतिशत बिन्दु, सानिमा बैंकले १६.७४ प्रतिशत घटाएर १.८९ प्रतिशत बिन्दु, सिटिजन्स बैंकले ५.५३ प्रतिशत घटाएर ३.७६ प्रतिशत बिन्दु र एनएमबि बैंकले ३.३८ प्रतिशत घटाएर २.८६ प्रतिशत बिन्दुमा खराब कर्जा झारेको छ । समीक्षा अवधिमा एभरेष्ट बैंकको खराब कर्जा भने स्थिर रहेर ०.७० प्रतिशत बिन्दु कायम छ ।

     

    चैत मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा एनआईसी एशिया बैंकको छ । यस बैंकको २६२.३५ प्रतिशत बढेर ३.०८ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको २०१.६५ प्रतिशत बढेर ५.४९ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १३७.७८ प्रतिशत बढेर २.१४ प्रतिशत बिन्दु एनपीएल पुगेको ट ।

     

    यस्तै, नेपाल एसबिआई बैंकको १०४.१२ प्रतिशत बढेर १.९८ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ५५.२७ प्रतिशत बढेर ३.६८ प्रतिशत बिन्दु, प्राइम बैंकको ४०.२ प्रतिशत बढेर ४.२९ प्रतिशत बिन्दु, प्रभु बैंकको ३८.२२ प्रतिशत बढेर ४.८१ प्रतिशत बिन्दु एनपीएल पुगेको छ ।

     

    चैतसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको २४.६९ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको १९.७ प्रतिशत बढेर ४.७४ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको १८.२७ प्रतिशत बढेर ४.६६ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको १०.८२ प्रतिशत बढेर ४.३० प्रतिशत बिन्दु, हिमालयन बैंकको ८.७७ प्रतिशत बढेर ४.९६ प्रतिशत बिन्दु र नबिल बैंकको ४.३९ प्रतिशत बढेर ४.०४ प्रतिशत बिन्दुमा एनपीएल पुगेको छ ।


    अर्थ चौतारी
  • शनिबार, ८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved