images

लिबर्टी माइक्रो लाइफले बर्दिबासका थप २४५ जनाको सामुहिक म्यादी लघु जीवन बीमा गर्ने

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफले बर्दिबास नगरपालिकाको वडा नं. १० र १२ का थप २४५ जनाको सामुहिक म्यादी लघु जीवन बीमा गर्ने भएको छ । उक्त सेवाका लागि इन्स्योरेन्स र बर्दिबास नगरपालिकाबीच सम्झौता भएको छ । उक्त नगरपालिका र यस लघु बीमा कम्पनीबीच गरिब , बिपन्नहरूका लागि बीमा गराउने सम्झौता सम्पन्न भएको हो ।

सोही अनुरुप कम्पनीले पहिलो चरणमा बर्दिबास न.पा. वडा नं १४ का न्यून आय भएका ब्यक्तिहरूले बीमा सेवा प्राप्त गर्ने गरी सम्झौता गरेको थयो भने अहिले दोस्रो चरणमा बर्दिबास न.पा. वार्ड नं १० र १२ को न्यून आय वर्गहरु थप २४५ जनाको सामुहिक म्यादी लघु जीवन बीमा गर्ने सम्झौता भएको हो हो ।

images

यस सम्झौतासँगै, नगरपालिकाले अरू वडाका न्यून आय भएका ब्यक्तिहरूका लागि बीमा कार्यक्रम संचालन गर्दै जाने योजना रहेको जनाइएको छ ।

images