काठमाण्डौ । काठमाण्डौबाट संखुवासभा जाँदै गरेको माइक्रोबस आज बिहान धनकुटामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
धनकुटा नगरपालिका–९ स्थित मूलघाट रुद्रबारी सडकखण्डमा गएराति २ बजे माइक्रोबस सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित घोपा अस्पतालमा भइरहेको छ। सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times