logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • कुमारी बैंकको ६ लाख ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको ६ लाख ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    637
    SHARES
    कुमारी बैंकको ६ लाख ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरूको नाममा रहेको ६ लाख ९८ हजार ५ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

     

    यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौ नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • आइतबार, ९ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved