logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

    सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

    507
    SHARES
    सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।

    जो कोही व्यक्ति, संस्था वा कम्पनीले यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने आवेदन माग गरिएकोमा उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार लगानीकर्ताले काठमाडौं बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरि निवेदन पेस गर्नुपर्नेछ ।


    अर्थ चौतारी
  • आइतबार, ९ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved