logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन : आरजु राणा

    सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन : आरजु राणा

    182
    SHARES
    सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन : आरजु राणा

    काठमाण्डाै । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवालेले सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो नरहेको बताएकी छन् ।

    शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरूलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाइन् ।

    २० वटाभन्दा बढी सहकारी क्षेत्र समस्याग्रस्त हुँदा पनि उक्त समस्या समाधान गर्न सरकार गम्भीर नभएको उनको आरोप छ । सहकारी संस्थाहरूले मान्छेलाई घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको उनले बताइन् ।

    २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।


    अर्थ चौतारी
  • आइतबार, ९ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved