logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • अब १ करोड रुपैयाँमाथिको कारोबारमा ०.२४ प्रतिशत मात्र ब्रोकर कमिसन लिन पाइने

    अब १ करोड रुपैयाँमाथिको कारोबारमा ०.२४ प्रतिशत मात्र ब्रोकर कमिसन लिन पाइने

    13
    SHARES
    अब १ करोड रुपैयाँमाथिको कारोबारमा ०.२४ प्रतिशत मात्र ब्रोकर कमिसन लिन पाइने

    काठमाण्डौ । धितोपत्र कारोबारब्रोकर (सेयर दलाल) कमिसन घटेको छ । सरकारले सेयर कारोबार गरेबापत ब्रोकरले लिँदै आएको कमिसनमा १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

    नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले ब्रोकर कमिसनको सहमति दिएको हो । योसँगै हाल कायम ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्मको ब्रोकर कमिसन न्यूनतम ०.२४ प्रतिशतमा झर्ने भएको छ ।

     

    हालको ब्रोकर कमिसनको रेट अनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ब्रोकर कम्पनीहरूले ०.४० प्रतिशत कमिसन लिइरहेका छन् भने ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत लिने गरेका छन् ।

    अब, १० प्रतिशतले कमिसन घट्दा यस्तो कमिसन क्रमशः ०.६६ प्रतिशत र ०.३३ प्रतिशतमा झर्नेछ । यस्तै, ५ लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

    अब यस्तो कारोबारको कमिसन क्रमशः ०.३१ प्रतिशत,०.२७ प्रतिशत र ०.२४ प्रतिशत झर्नेछ । घटेको कमिसन आगामी जेठ १ देखि लागू हुनेछ ।


    अर्थ चौतारी
  • मंगलबार, २५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट