काठमाण्डौ । नबिल बैंक लिमिटेडले ८ प्रतिशत नबिल डिबेन्चर २०८९ नामक ऋणपत्र निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरे ।
बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न लागेको छ । वार्षिक आठ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अवधि आठ वर्ष नै रहेको छ ।
३० लाख कित्ताले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ८० करोड ऋण पुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब २० करोड ऋण पुँजी रकम सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट निष्कासन गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times