logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • एक वर्षमा राष्ट्र बैंकले गर्‍यो ३ हजार ७६ उजुरीको सम्बोधन

    एक वर्षमा राष्ट्र बैंकले गर्‍यो ३ हजार ७६ उजुरीको सम्बोधन

    234
    SHARES
    एक वर्षमा राष्ट्र बैंकले गर्‍यो ३ हजार ७६ उजुरीको सम्बोधन

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गएको एक वर्षमा ३ हजार ७६ वटा वित्त मुद्दा सम्बन्धी उजुरीको समाधान गरेको छ । २०८० वैशाख १ देखि चैत ३१ गते (मसान्त) सम्म प्राप्त उजुरी मध्ये ३ हजार ७६ वटा उजुरी तथा गुनासोको समाधान गरेको केन्द्रीय बैंकले जनाएको हो ।



    खासगरी कर्जा, कर्जाको ब्याजदर, कालोसूची र विद्युतीय भुक्तानी सम्बन्धी कसुरमा बढी उजुरी आएको केन्द्रीय बैंकले जनाएको छ । वित्तीय ग्राहक संरक्षण इकाइले अनलाइन पोर्टल, टेलिफोन, इमेल, हेलो सरकारका सार्थ लिखित निवेदन र कार्यालयमै आएर दर्ता गराएका निवेदनमार्फत ग्राहकका गुनासो र विभिन्न समस्या, प्रश्न, जिज्ञासा, सुझावहरूको सम्बोधन गरिएको बैंकले जनाएको छ ।

    कूल निवेदन मध्ये ७४ प्रतिशत अनलाइन पोर्टलमार्फत प्राप्त भएको जनाएको बैंकले १६ प्रतिशत टेलिफोन, इमेल, हेलो सरकारको माध्यमबाट र १० प्रतिशत लिखित निवेदन प्राप्त भएको बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • बुधबार, २६ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved