logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • सनराइज होल्डिङ्स प्रा.लि. लाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

    सनराइज होल्डिङ्स प्रा.लि. लाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

    702
    SHARES
    सनराइज होल्डिङ्स प्रा.लि. लाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

    काठमाण्डौ । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कमलादी, काठमाण्डौ स्थित सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको कर्पोरेट कार्यालयमा एक कार्यक्रम बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडका कार्यकारी अध्यक्ष सुभाष अमात्यले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

     

    सम्झौता अनुसार एलएस क्यापिटलले सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडलाई कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजान आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नेछ । सन् २०१४ मा स्थापना भएको सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको मुख्य उद्देश्य जलविद्युत, यातायात, कृषि र पर्यटन जस्ता आवश्यकीय सरकारका प्राथमिक क्षेत्रहरूमा रणनीतिक रूपमा लगानी गर्नु हो । कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ ।

     

    लगानी कम्पनीको रूपमा हाल स्टक एक्सचेन्जमा सुचिकृत धितोपत्र कारोवार, पोर्टफोलियो ब्यवस्थापन, लगानी र परामर्श सेवाहरू मार्फत पूँजी बजारमा सक्रिय रूपमा सहभागी भई कम्पनीले दिर्घकालीन तथा अल्पकालीन जस्ता विभिन्न लगानी योग्य क्षेत्रहरूको पहिचान गरी लगानीलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्य राखेको छ । लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रमा बलियो उपस्थिती देखाएको छ । इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा, क्यापिटलले मर्चेन्ट बैंकिङ सम्बन्धी बृहत सेवाहरू प्रदान गर्दछ ।


    अर्थ चौतारी
  • बुधबार, २६ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved