images

इथियोपियाले बितेको ९ महिनामा कफी निर्यातबाट ८३ करोडभन्दा बढी अमेरिकी डलर कमायो

एजेन्सी । इथियोपियाले बितेको ९ महिनामा कफी निर्यातबाट ८३ करोड ५० लाख अमेरिकी डलर कमाएको छ ।

 

images

पूर्वी अफ्रिकी देश इथियोपियाले जुलाई ८ बाट सुरु भएको चालु आर्थिक वर्ष २०२३/२४ को पहिलो नौ महिनामा अन्तर्राष्ट्रिय बजारमा १ लाख ७४ हजार ५ सय ९६ टन कफी निर्यात गरेको इथियोपियन कफी तथा चिया प्राधिकरण (ईसीटीए) ले जनाएको छ ।

इथियोपियाले चीन, यूएई, सुडान, साउदी अरेबिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, जर्मनी र जापानमा कफी निर्यात गर्दै आएको छ । अघिल्लो आर्थिक वर्ष २०२२÷२३ मा इथियोपियाले करिब २ लाख ४० हजार टन कफी निर्यातबाट १ अर्ब ३० करोड अमेरिक डलर आर्जन गरेको थियो ।

images