logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • अर्थतन्त्र अन्यन्त शिथिल अवस्थामा छ: अध्यक्ष अग्रवाल

    अर्थतन्त्र अन्यन्त शिथिल अवस्थामा छ: अध्यक्ष अग्रवाल

    169
    SHARES
    अर्थतन्त्र अन्यन्त शिथिल अवस्थामा छ: अध्यक्ष अग्रवाल

    काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र अन्यन्त शिथिल अवस्थामा रहको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उनले सम्पूर्ण औद्योगिक क्षेत्रको अवस्था अत्यन्त डाउन भएको बताएका हुन् ।



     

    घरजग्गा र सेयर बजार घटेको, उद्योग कलाकारखानाहरू आधा क्षमतामा चलिरहेको स्मरण गर्दै उनले निजी क्षेत्रको मनोबल खस्किएको बताएका हुन्। औसतमा प्रत्येकदिन १५० उद्योगि व्यवसायी कालोसूचीमा पर्ने अवस्था आइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

     

    व्यवसायीहरूको पैसा सेयर बजार, घरजग्गा र सहकारीमा फसेको समेत उनले बताए । आगामी बजेट, नीति तथा कार्यक्रम र मौद्रिक नीतिमार्फत निजी क्षेत्रलाई संरक्षण गर्ने खालको उदारवादी नीति ल्याउनुपर्ने उनले बताए ।

     


    अर्थ चौतारी
  • बिहिबार, २७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved