काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ल ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाइएको छ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सोनु कुमार शाह, महोत्तरी स्थित इलाका प्रहरी कार्यालय गौशालामा सूर्यबहादुर राना मगर र बारा स्थित इलाका प्रहरी कार्यालय प्रसौनीमा सुरेशराज भट्टलाई पठाइएको छ ।
सुरज खत्रीलाई कपिलवस्तु स्थित इलाका प्रहरी कार्यालय कृष्णनगरमा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय निजगढमा सुमित कुशवाहा र सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा सुजन पाठकलाई पठाइएको छ । धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा सिताराम विष्टलाई सरुवा गरिएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times