images

सूर्य नेपालको टफिचु तड्का इमिली बजारमा

काठमाण्डौ । सूर्य नेपाल प्रालि ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टफिचु अन्तर्गत नयाँ टफी तड्का इमिली टेस्टको नयाँ ब्लास्टको नारा सहित बजारमा सार्वजनिक गरेको छ । तड्का इमिलीमा इमलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।

 

images

यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनीले विश्वास लिएको छ ।

टफी तड्का आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ भने इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टफी तड्का इमिली नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् ।

टफी तड्का इमिलीको विक्री मूल्य रु ५ प्रति २ गोटा कायम गरिएको छ ।

images