logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • शेयर बजारमा सामान्य बृद्धि, ३ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार

    शेयर बजारमा सामान्य बृद्धि, ३ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार

    312
    SHARES
    शेयर बजारमा सामान्य बृद्धि, ३ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार

    काठमाण्डौ । शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ६३ अंकले बढेर १,९६६ को विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।

    आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको १४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । सिटि होटल्सका लगानीकर्ताले ७ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल्सका लगानीकर्ताले ७ दशलमव ४१ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सी होटल्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशलमव ४८ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चौतारी
  • बिहिबार, २७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved