logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • भारतको ताज ग्रुपसँग गर्‍यो चौधरी ग्रुपले साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात

    भारतको ताज ग्रुपसँग गर्‍यो चौधरी ग्रुपले साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात

    416
    SHARES
    भारतको ताज ग्रुपसँग गर्‍यो चौधरी ग्रुपले साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात

    काठमाण्डौ । चौधरी ग्रुपले नेपालको हस्पिटालीटी उद्योगलाई थप उचाई दिन विश्वप्रसिद्ध ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ । सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा भव्य कार्यक्रमकाबीच ताजसँगको बृहत साझेदारीमा हस्ताक्षर गरेका हुन् ।

    ताज ग्रुपसँग मिलेर नेपालमा अहिले तीन वटा होटल सञ्चालनमा छन् भने थप तीन वटा होटललाई पनि ताजमा रुपान्तरण गर्ने गरी निर्माणको कार्य भईरहेको छ । ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने चौधरी ग्रुपको विश्वास छ ।

    काठमाडौंको भिभान्ता, भरतपुरमा मेघौली सेराइ र भरतपुरमा रहेको भिभान्तालाई मात्र नभएर नेपाललाई प्रमुख पर्यटकीय गन्तब्यकै रुपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने कुरामा पनि सहमति भएको छ । ‘एक्यम’ प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिने वातावरण बनेको छ ।

    हिमालयन बेल्ट र इण्डियन ओसनमा यसअघिदेखि नै ताज ग्रुपसँग चौधरी ग्रुपको लामो सहकार्यको इतिहास छ । चौधरी ग्रुपले पछिल्ला दिनमा भारतका ठूला–ठूला कम्पनीसँग मिलेर नेपालको बृहत आर्थिक गतिविधिमा केन्द्रीत हुँदै आएको छ । जसको पछिल्लो उदाहरण, नेपालमै हिरोको एसेम्ब्ली प्लान्ट स्थापना भएको कामबाट प्रष्ट हुन्छ ।

    केहि समय अघि अडानीसँग मिलेर नेपाली उत्पादन र नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहार राज्यमा निर्यातको कामको सुरुवात भइसकेको छ । यो कार्यलाई निरन्तरता दिँदै आइएको छ । ‘हामी भारतको प्रख्यात टाटा ग्रुपसँग दशकौंदेखि सहकार्य गर्दै आएका छौं । आगामी दिनमा थप विश्वविख्यात लगानीकर्ताहरुसँग सहकार्य गरेर नेपालमा लगानी भित्राउनेछौं । यसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने हाम्रो विश्वास छ,’ सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, ‘ताजजस्तो विश्वप्रसिद्ध समूहसँग सहकार्य नेपालकै लागि निकै महत्वपूर्ण छ ।’

    चौधरी ग्रुपले भारतको चर्चित ब्राण्ड गोदरेज, इफ्को र केन्टसँग पनि सहकार्य गर्दै आएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट