logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • वीरगन्जमा एनसेल सेन्टर सञ्चालन

    वीरगन्जमा एनसेल सेन्टर सञ्चालन

    39
    SHARES
    वीरगन्जमा एनसेल सेन्टर सञ्चालन

    काठमाण्डौ । टेलिकम सेवा कम्पनी एनसेलले औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगन्जमा ‘एनसेल सेन्टर‘ सञ्चालनमा ल्याएको छ।

    एनसेललेद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा एनसेलका चिफ अफ स्टाफ अपरेशनका स्टेफेन रोड्रिगेजले वीरगञ्जको घण्टाघर नजिकै रहेको ‘शीवा हस्पिटल’ मा एनसेल सेन्टरको शुभारम्भ गरे।

    सो अवसरमा उनले एनसेलले गुणस्तरीय र सुलभ खालको टेलिकम सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए।‘एनसेलले आफ्ना प्रयोगकर्ताको चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आइरहेको छ’, उनले भने, ‘एनसेलले ग्राहकलाई उत्कृष्ट खालको सुविधा दिने प्रयत्न जारी राखेको छ।’

     

    यसअघि एनसेल सेन्टर वीरगञ्जको माइस्थानमा रहेको थियो। तर, अहिले नयाँ साजसज्जासहित घण्टाघर नजिकै रहेको शिवा हस्पिटलमा सञ्चालनमा ल्याइएको हो।

    एनसेलका ‘कष्टमर एक्सपेरियन्स मेनेजर’ ज्योती दाहालले वीरगञ्जमा स्थापना गरेको सेन्टरले पर्सा,बारा र रौतहत जिल्लामा पनि सहजीकरण गर्ने जानकारी दिए।

     

    एनसेल सेन्टरले सेन्टरबाट प्रिपेड बिल भुक्तानी, नयाँ सिम वितरण, फोरजी सिम वितरण लगायतका सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ। रासस


    अर्थ चौतारी
  • शुक्रबार, २८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट