logo

२०८२ बैशाख ६ शुक्रबार

logo
  • शुक्रबार, ६ बैशाख २०८२
  • माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

    माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

    702
    SHARES
    माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

    काठमाण्डौ । माछापुच्छ्रे बैंक लि. को धादिङ्ग जिल्लाको सिम्ले शाखाले धादिङवेशी नगरपालिका–६ स्थित श्री कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ।

     

    विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरू हस्तान्तरण गरेको हो।

     

    श्री कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग पछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकीय कार्य गर्न समेत र पाठ्य सामग्री अध्ययन गर्न ती सामग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ।

     

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved