logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • स्विट्जरल्यान्ड सरकारले ९० लाख डलर अनुदान सहयोग दिने, द्विपक्षीय सम्झौता

    स्विट्जरल्यान्ड सरकारले ९० लाख डलर अनुदान सहयोग दिने, द्विपक्षीय सम्झौता

    52
    SHARES
    स्विट्जरल्यान्ड सरकारले ९० लाख डलर अनुदान सहयोग दिने, द्विपक्षीय सम्झौता

    काठमाण्डौ । नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबीच पदमार्गमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

     

    बिहीबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विट्जरल्यान्ड राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

     

    सम्झौता कार्यक्रममा बोल्दै सहसचिव नेपालले यो परियोजनाले कोशी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए। उनले आयोजना आगामी चार वर्षमा स्विट्जरल्यान्ड सरकारको ९.०१ मिलियन अमेरिकी डलर अनुदान सहयोगमा सञ्चालन हुने बताए।

     

    उनले १६ मिलियन डलरबराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी समेत रहने बताए। उनले कोशी प्रदेशको २९ स्थानीय सरकार र कोशी प्रदेश सरकारसँगको सहकार्यमा आयोजनाले करिव २ हजार स्थानीय तहलाई रोजगारी सृजना गर्ने र ट्रेल निर्माणका क्रममा नगदका लागि काम गरेर ५ लाख व्यक्तिलाई रोजगारी दिने योजना रेहेको बताए।

     

    आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको बताए। उनले कोशी प्रदेशमा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपाल–स्विस साझेदारीमा अर्को कोसेढुङ्गा सावित हुने विश्वास रहेको बताए।


    अर्थ चौतारी
  • शुक्रबार, २८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट