logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • भोलिदेखि चार दिनसम्म बीमा प्राधिकरणको बार्षिकोत्सव मनाइने

    भोलिदेखि चार दिनसम्म बीमा प्राधिकरणको बार्षिकोत्सव मनाइने

    91
    SHARES
    भोलिदेखि चार दिनसम्म बीमा प्राधिकरणको बार्षिकोत्सव मनाइने

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सव आगामी जेठ १ गते भव्य रुपमा मनाइने भएको छ । प्राधिकरणले बार्षिकोत्सवको अवसरमा भोलिदेखि नै विभिन्न कार्यक्रमहरु सुरुवात गर्दै जेठ १ गते भव्य समारोह आयोजना गरी बार्षिकोत्व मनाउन लागेको हो ।

    बार्षिकोत्सवको अवसरमा यही बैशाख २९ गते भोलि अपरान्ह फुटसल प्रतियोगिता आयोजना हुनेछ । सो फुटसल प्रतियोगिता बल्खुमा आयोजना गरिने छ । प्राधिकरणका कर्मचारीहरुका बीचमा अन्तर कर्मचारी फुटसल प्रतियोगिता आयोजना हुनेछ ।

    त्यस्तै, बैशाख ३० गते रत्तदान कार्यक्रम राखिएको छ । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा अपरान्ह ११ः३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिनेछ ।

    त्यस्तै, बैशाख ३१ गते प्रभातफेरि कार्यक्रमको आयोजना गरिनेछ । त्यसको लागि हरेक कम्पनीलाई न्यूनतम् १० जना कर्मचारीसहित भद्रकालीमा उपस्थित हुन भनिएको छ । अन्त्यमा जेठ १ गते अपरान्ह औपचारिक कार्यक्रम आयोजना गरी नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सव मनाइनेछ ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट