images

आज सुन प्रतितोला २३ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज शुक्रबार सुन प्रतितोला २३ सय रुपैयाँले बढेको छ।

बिहिबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

images

त्यस्तै आज तेजावी सुनको भाउ पनि २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको भाउ ५० रुपैयाँले बढेर तोलामा १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

images