images

सूर्यज्योति लाइफ इन्स्योरेन्सले यस वर्षको नगद लाभांश वितरण गर्यो

काठमाण्डौ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित २४ दशमलव ७४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो ।

images

वैशाख ६ गतेसम हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

 

नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूले यथासिघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

images