images

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

काठमाण्डौ । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

हिजो मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले यही वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

images

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजि म उक्त आह्वान गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारी समेत गरेको नेताहरूले बताएका छन् ।

images