काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा कम्पनी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी आयोजना गरेको फुटसल प्रतियोगिता बैशाख २७ र २८ गते भएको छ
फुटसल प्रतियोगितामा निर्जीवन बीमा कम्पनीको (क) समूह प्रथभ भएको छ । साथै, द्धितियमा जीवन बीमा कम्पनीको (ख) समूह र तेश्रोमा जीवन बीमा कम्पनी (क) समूह भएको छ ।
उक्त प्रतियोगितामा जीवन बीमा कम्पनीबाट २ समुह, निर्जीवन बीमा कम्पनीबाट २ समूह सर्भेयर तथा अभिकर्ताबाट १ समूह र प्राधिकरणको तर्फबाट १ समूह गरी ६ वटा समूहमा विभाजन गरी फुटसल प्रतियोगिता भएको हो । कार्यक्रम मोनालिसा फुटसल जानकीनगर, बुटवलमा सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ ।
उक्त फुटसल प्रतियोगितामा प्रथम, द्बितीय तथा तृतीय हुने विजेताहरुलाई नेपाल बीमा प्राधिकरणका लुम्विनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले पुरस्कार वितरण गर्दै उपस्थित बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times