logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • आजको मौसमः चट्याङ र हुरीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशमा वर्षा

    आजको मौसमः चट्याङ र हुरीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशमा वर्षा

    78
    SHARES
    आजको मौसमः चट्याङ र हुरीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशमा वर्षा

    काठमाण्डौ । आज चट्याङ र हावाहुरीसहित ३ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।

    विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमलगायत पहाडी भेगका थोरै तथा बाँकी भूभागका १(२ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको हो।

    पश्‍चिमी र स्थानीय वायु तथा भारत बिहारको आकाशमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमलगायत देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। र, बाँकी भूभागका १-२ स्थानमा पनि सोही प्रकृतिको हल्का वर्षा हुने पूर्वानुमान छ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका १(२ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


    अर्थ चौतारी
  • शनिबार, २९ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट