images

९ महिनामा बजार अनुगमन र कारबाहीमार्फत ३ करोड ३६ लाख रुपैयाँ सङ्कलन

काठमाण्डौ । चालु आर्थिक वर्षका ९ महिनामा बजार अनुगमन र कारबाहीमार्फत ३ करोड ३६ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमार्फत अनुचित मुल्यवृद्धि गर्ने, कालो बजारी गर्ने र अखाध्य वस्तु बिक्रीवितरण गर्ने सञ्चालकलाई कारबाही गरि ३ करोड ३६ लाख रकम सङ्कलन गरेको हो ।

images

विभागले यस अवधिमा ३ हजार ६ सय वटा पसल, व्यवसाय र उत्पादककोमा अनुगमन गरेको थियो ।

अनुगमनमाा क्रममा म्याद गुज्रेका १ करोड रुपैयाँको अखाद्य वस्तु नष्टसमेत गरेको विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए ।

images