काठमाण्डौ । एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने छ । क्यापिटलले विगत लामो समयदेखि “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरी एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सो अभियान मार्फत देशको दुर दराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ क्यापिटल र शाखा कार्यालयहरु, अनलाईन डिम्याट सेवा र बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने छ । क्यापिटलले भोलि अर्थात् जेठ १ गतेदेखि आगामी असार मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा “लाईनमा होईन अनलाइन” मा भन्ने नारासहित अधिकांश सेवाहरु अनलाईन मार्फत लिन मिल्ने व्यवस्था मिलाइएको जनाएको छ । क्यापिटलका अनुसार वेभसाइट मार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न सकिने छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times