logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • आजदेखि ब्रोकर कमिसन दर घटाउने निर्णय कार्यान्वयनमा, अब कति तिर्नुपर्छ त ?

    आजदेखि ब्रोकर कमिसन दर घटाउने निर्णय कार्यान्वयनमा, अब कति तिर्नुपर्छ त ?

    0
    SHARES
    आजदेखि ब्रोकर कमिसन दर घटाउने निर्णय कार्यान्वयनमा, अब कति तिर्नुपर्छ त ?

    काठमाण्डौ । आजदेखि सेयर कारोबार गर्दा तिर्नुपर्ने पर्ने ब्रोकर कमिसन दर घट्ने भएको छ । हाल तिर्दै आएको ब्रोकर कमिसन १० प्रतिशत घटाउने नेपाल धितोपत्र बोर्ड संचालक समितिको बैठकले निर्णय गरेको हो ।

    अर्थमन्त्रालयले बोर्डलाई नयाँ दर कार्यान्वयन गर्न सहमति प्रदान गरेको छ । बोर्डले ब्रोकर कमिसन घटाउने गरि नियमवाली संशोधन गर्ने निर्णय गरेको थियो । बोर्डको सोही प्रस्तावलाई मन्त्रालयले सहमति दिएपछि नयाँ दर कार्यान्वयन गर्न लागिएको हो ।

    आजदेखि भने ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत कमिसन तिर्नुपर्नेछ । यस्तै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४३ प्रतिशत कमिसन तिर्नुपर्नेछ ।

    अब न्यूनतम २.२४ प्रतिशतदेखि अधिकतम ०.३६ प्रतिशतसम्म तिर्नुपर्नेछ । तर, यसअघि भने न्युन्तम ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्म तिर्दै आएका छन् ।


    अर्थ चौतारी
  • मंगलबार, १ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट