logo

२०८१ चैत्र ५ बुधबार

logo
  • बुधबार, ५ चैत्र २०८१
  • कुमारी बैंकको ३ लाख ७५ हजार ३०३ कित्ता शेयर बिक्रीमा

    कुमारी बैंकको ३ लाख ७५ हजार ३०३ कित्ता शेयर बिक्रीमा

    117
    SHARES
    कुमारी बैंकको ३ लाख ७५ हजार ३०३ कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । कुमारी बैंकको पौने ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनीहरुको नाममा रहेको बैंकको कुल ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

    बिक्रीमा राखिएको शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

    इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।


    अर्थ चौतारी
  • मंगलबार, १ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved