काठमाण्डौ। शेयर बजार मंगलबार नेप्से परिसूचक २८.६२ अंकले उकालो लागेको छ। नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७।५१ को विन्दुमा उक्लिएको छ।
यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीका ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६५ रुपैयाँमा किनबेच भएका छन्। आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
बजार बढ्दा २१९ कम्पनीको शेयरभाउ बढेको छ भने २२ वटाको घटेको छ। आज ३ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी लघुवित्त समूह ३.४४ प्रतिशतले बढेको छ।