logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • प्रभु महालक्ष्मीको संस्थापक सेयर बिक्रीमा

    प्रभु महालक्ष्मीको संस्थापक सेयर बिक्रीमा

    91
    SHARES
    प्रभु महालक्ष्मीको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    कम्पनीले बुधबार एक सूचना प्रकाशित गरी प्रभु बैंकको स्वामित्वमा रहेको कम्पनीको २१ लाख ९६ हजार कित्ता, विराटकुमार श्रेष्ठको स्वामित्वमा रहेको १ लाख ४१ हजार ३ सय २५ कित्ता, विनिता उपाध्यायको स्वामित्वमा रहेको १ लाख कित्ता, यादवेन्द्र गौतमको स्वामित्वमा रहेको १ लाख ९ हजार ८ सय कित्ता र प्रजितराज पराजुलीको स्वामित्वमा रहेको ३७ हजार ५ सय कित्ता गरी कुल २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी गराएको हो ।

    उक्त सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनी सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने छ ।


    अर्थ चौतारी
  • बुधबार, २ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट