logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • अटो क्षेत्र थला परेकोले व्यवसायी झन् समस्यामा छन्ः नाडा अध्यक्ष करण चौधरी

    अटो क्षेत्र थला परेकोले व्यवसायी झन् समस्यामा छन्ः नाडा अध्यक्ष करण चौधरी

    195
    SHARES
    अटो क्षेत्र थला परेकोले व्यवसायी झन् समस्यामा छन्ः नाडा अध्यक्ष करण चौधरी

    काठमाण्डौ । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले अटो क्षेत्र छिट्टै एकादेशको कथा बन्न लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८१।०८२ को पूर्व बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो यस्तो बताएका हुन् ।



     

    ‘ठूलादेखि साना सवारीको बिक्रीमा कमी आएको छ, अटो व्यवसायीहरूले वैकल्पिक उपया खोजी रहेको छन्, व्यवसायीले ऋण लिएर व्यवसाय गरेका छन्, तर अब व्यवसायी ऋणलाई नतिरी यहाँबाट कसरी उम्कने भन्ने उपया खोजी रहेका छन्,’ उनले भने ।

     

    चौधरीले अटो क्षेत्र थला परेको बताउँदै यस क्षेत्रको अवस्था झन् खच्किँदै गए व्यवसायी झन् समस्यामा पर्ने बताए । राज्यले कर उठाउने मनसाय राखेको हो भने बजार सहजीकरण गर्नु पर्ने उनको माग छ । ‘राज्यले मौद्रिक नीतिका केहि बुँदा खुकुलो गर्नु पर्छ । कर उठाउन सक्ने वातारवरण बनाउनु पर्ने हो । अटो क्षेत्रबाट ३५० तथा ४०० प्रतिशतसम्म कर उठि रहेको छ । तर बिक्री भइरहेको छैन । बिक्री नभए राजस्व बढ्ने अवस्था छैन’ उनले भने ।

     

    अटो क्षेत्र भेन्टिलेटरमा पुगि सकेको हुँदा माथि उठ्ने कि तल जाने भन्ने विषय राज्यको हातमा रहेको उनको तर्क थियो ।


    अर्थ चौतारी
  • बुधबार, २ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved