images

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँले घट्यो, डिजेलमा भने ५ रुपैयाँ

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ, डिजेल तथा मट्टीतेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

 

images

निगम संचालक समितिले आजै रातेखि लागू हुने गरि पेट्रोल, डिजेटल तथा मट्टीतेलको भाउ घटाउने निर्णय गरेको हो ।

 

इण्डियन आयल कर्पोरेशनबाट नै पेट्रोल ६.७५ रुपैयाँ र डिजेल ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

images