काठमाण्डौ । आज शेयर बजारमा ० दशलमव ७९ अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव ७९ अंकले बढेर २,०१८ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनकिो शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भको छ । आज यस कम्पनीको ४३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ११ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स पावर कम्पनीको ७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र सृजनशिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले पनि ९ प्रतिशतका दरले कमाएको छन् ।
आज सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times