काठमाण्डौ। नेपाल चार्टर एकाउण्टेण्ट्स सङ्घको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार सम्पन्न कार्यक्रममा अरुण राउतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
निर्वाचन अधिकृत गोपालप्रसाद श्रेष्ठले तीनै तहका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराए । अध्यक्षमा राउतसहित उपाध्यक्षमा अनुप नेपाल महासचिवमा संजिता नेपाल निर्वाचित भएका छन् ।
कोशी प्रदेश प्रमुखमा तीर्थ यादव, मधेस प्रदेश प्रमुखमा प्रमोद साह, बागमती प्रदेश प्रमुखमा निशान पौडेल, गण्डकी प्रदेश प्रमुखमा अनिल लामिछाने, लुम्बिनी प्रदेश प्रमुखमा छविलाल पोखरेल, कर्णाली प्रदेश प्रमुखमा छविलाल आचार्य र सुदूर पश्चिम प्रदेश प्रमुखमा टेक पनेरु निर्वाचित भएका छन् ।
यस्तै उपत्यका विशेष प्रदेश प्रमुखमा राजन अधिकारी, कोषाध्यक्षमा दिलीप खनालसहित सदस्यहरूमा भरत सुवेदी, नवराज गौतम, सौरव अधिकारी र अनुप अर्याल चयन भएका छन् । यस्तै घनश्याम ओली र दृष्टि पौडेल समेत सदस्यमा निर्वाचित भएका छन् । मनोनीत सदस्य प्रेमप्रसाद देवकोटा छन् ।
नवनिर्वाचित अध्यक्ष राउतले भाइब्रेन्ट र डिजिटल एक्यान बनाउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण उम्मेदवारहरूको मुद्दालाई एकीकृत गरी स्ट्राटेजिक योजना तथा टाइम बाउन्ड कार्ययोजना बमोजिम उद्देश्य हासिल गर्ने बताए ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times