काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमा गराउने गरी तयारी गरेको बताएकी छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा बढी भन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै मन्त्री चौधरीले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको विभिन्न सन्धि सम्झौताहरूको कार्यान्वयनका निम्ति पनि हामी लागिरहेको बताइन् ।
मन्त्रालयले नयाँ योजना, नयाँ कार्यक्रमहरू अगाडि बढाउँदै आएको भन्दै उनले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धि सम्झौताहरूमा समेटिएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको पक्षमा काम गर्ने सन्दर्भमा पनि सरकार जिम्मेवार रहेको विश्वास दिलाइन् ।
मन्त्रालयले नयाँ कार्यक्रमका रूपमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमु ल्याएको भन्दै मन्त्री चौधरीले विपन्न परिवारका छोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको र यस वर्ष पाइलट प्रोजेक्टका रूपमा केही ठाउँबाट सुरु गरिने मन्त्री चौधरीले बताइन् ।
यसैगरी, मन्त्री चौधरीले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण गर्ने विषय अहिले जोडतोडले उठेको भन्दै त्यसलाई समाधान गर्न अहिले केही व्यक्तिलाई सहयोगी उपलब्ध गराउने तयारी गरिएको जानकारी दिइ्रन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times