logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • हिमालयन लाइफद्वारा १० लाख १९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    हिमालयन लाइफद्वारा १० लाख १९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    182
    SHARES
    हिमालयन लाइफद्वारा १० लाख १९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड खैरेनी शाखाले मृत्यु दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको छ। कम्पनीले रामग्राम नगरपालिका वडा नं १६ हकुई निवासी स्वर्गिय नरेन्द्र चौधरीको परिवारलाई बीमा वापत १० लाख १९ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।



     

    कम्पनीका खैरेनी शाखाका प्रमुख दिनेश चौधरी र रामग्राम नगरपालिकाका उप प्रमुख सम्झना चौधरीले संयुक्त रुपमा नरेन्द्र चौधरीको परिवारलाई हस्तान्तरण गरेको हो। दुर्घटनाका कारण मृत्यु भएका नरेन्द्र चौधरीले खैरेनी शाखाबाट पाँच लाखको बीमा गराएका थिए । उनले पहिलो बर्षको किस्ता बापत रु २६७६४ रुपैयाँ तिरेका थिए ।

     

    सो अवसरमा बोल्दै उप प्रमुख चौधरीले फजुल खर्च घटाइ बीमामा बचत गर्नु उपयुक्त हुने बताए । उनले आफु र आफ्नो परिवारको लागि बीमा गर्न आवश्यक रहेको औल्याए ।

     

    कार्यक्रममा रामग्राम वडा नं १६ का वडा अध्यक्ष विजय कुमार यादव, एम डि आर टि तथा सिनियर एजेन्सी म्यानेजर राम बहादुर थारु लगायतले आआफ्नो भनाई राख्नु राखेका थिए ।


    अर्थ चौतारी
  • आइतबार, ६ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved