logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • प्रधानमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदै, कांग्रेसले अवरोध गर्ने

    प्रधानमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदै, कांग्रेसले अवरोध गर्ने

    78
    SHARES
    प्रधानमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदै, कांग्रेसले अवरोध गर्ने

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चौथो पटक विश्वासको मत लिने भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्।

     

    जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। जसपा नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो ।

    सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। संविधानको धारा १०० को उपधारा २ को व्यवस्था अनुसार प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्न लागेका हुन्। प्रधानमन्त्रील यो कार्यकालमा चौथोपटक विश्वासको मत लिन लागेका हुन्।

    प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

    यद्यपि कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य प्रभावित हुने देखिएको छ। कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीमा गरेको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने बताएको छ। सोमवार तय भएको बैठकअगाडि नै छानबिन समिति गठन नगरे बैठक अवरुद्ध पार्ने चेतावनी महामन्त्री गगन थापाले दिएका छन्।


    अर्थ चौतारी
  • सोमबार, ७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट